
फिफा विश्वकप अन्तर्गत आज राति चारवटा खेल हुँदैछन्।
आज दिउँसो हुने पहिलो खेलमा क्रोएसियालाई मोरोक्कोले चुनौती प्रस्तुत गर्नेछ। समूह 'एफ'को यो खेल अल बायेत स्टेडियममा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ। विश्वकपमा पहिलोपटक यी दुई टोली आमनेसामने हुन गइरहेका छन्। यसअघि सन् १९९६ मा हसन ट्रफी प्रतियोगितामा यी दुई टोली आमनेसामने भएका थिए जसमा क्रोएसियाले ७-६ गोलले पेनाल्टीमा जितेको थियो।
इङ्ग्लिस क्लब चेल्सीका मिडफिल्डर हाकिम जिएचको कप्तानीमा उत्रने मोरोक्को पछिल्ला पाँच खेलयता अपराजित छ। विश्वकपको कुरा गर्दा सन् १९८६ को विश्वकपको समूह चरणबाट मोरोक्को माथि पुगेको थियो। अर्कोतर्फ रसिया विश्वकपमा फ्रान्ससँग क्रोएसिया फाइनलमा पराजित भएको थियो। युरो कपमा अन्तिम १६ मा स्पेनसँग पराजित भएको थियो।
आजै हुने दोस्रो खेलमा विश्वकप उपाधिको सदाबाहार जर्मनीलाई एसियाली राष्ट्र जापानले चुनौती दिनेछ। खेल पौने ७ बजे खालिफा इन्टरनेशनल स्टेडियममा हुनेछ।
अघिल्लो विश्वकपमा अर्को एसियाली राष्ट्र कोरियासँग पराजित हुँदै बाहिरिएको जर्मनीले जापानसँग सतर्क भएर खेल्नेछ।
'हामीलाई ठूलो प्रेरणा छ। हामीलाई थाहा छ साढे चार वर्ष अघि जे भयो भयानक भयो,' जर्मन खेलाडी जोसुवा किममिचले भनेका छन्, ' पहिलो खेल निकै महत्वपूर्ण छ। युरो कपमा (गत वर्ष) हामीले पहिलो खेल हार्यौं र हामीले त्यो जित्न सकेनौं। यो एकदम एक अनुभव थियो र मलाई आशा छ कि हामी जित्नेछौं।'
जर्मनी विश्वको ११ औं स्थानमा छ, जापान भन्दा १३ स्थान माथि। जापानी कप्तान माया योशिदा पहिलो खेल चुनौतीपूर्ण छ हुने र समूहचरणबाट अघि जान यो खेल महत्वपूर्ण हुने बताए।
'हामी साहसी हुन आवश्यक छ। जर्मनी शीर्ष टोली हो, यो सजिलो छैन, तर हामी प्रत्येकले कडा मेहनत गर्छौं। हामीमा राम्रा गुणहरू छन् र हामी एकताबद्ध छौं,' उनले भने, 'तिनीहरूसँग राम्रो गुण, गति र गति र प्राविधिक क्षमता छ। हामीलाई आक्रमण गर्ने सम्भावना कम मिल्नेछ।'
आज हुने तेस्रो खेलमा स्पेन र कोस्टरिका भिड्नेछन्। अल थुममा स्टेडियममा पौने १० बजे सुरु हुनेछ। फिफा विश्वकपमा यी दुई टोली पहिलो पटक आमनेसामने हुँदैछन्। त्यसबाहेक तीन मैत्रीपूर्ण खेल यी दुई टोलीबीच भएको छ। जसमा तीनवटै खेल स्पेनले जितेको छ। सन् २०१४ मा त कोस्टारिकाले चमत्कार नै देखाएको थियो। तीन पूर्व विश्वकप विजेता टोली इङ्ग्ल्याण्ड, उरुग्वे र इटलीलाई पछि पार्दै समूह विजेता बनेको थियो। त्यसभन्दा अघिल्लो विश्वकपमा हो स्पेन च्याम्पियन बनेको।
त्यस्तै, आजै राति हुने अन्तिम खेलमा बेल्जियम र क्यानडा भिड्ने छन्। अहमेद बिन अली स्टेडियममा पौने १ बजे खेल सुरु हुनेछ।
क्यानडाका मिडफिल्डर जोनाथन ओसोरियोकै शब्दमा भन्ने हो भने आज क्यानडा 'आशा होइन, विश्वास'का साथ मैदानमा उत्रने छ। उत्तर अमेरिकी छनोटमा अमेरिका र मेक्सिको भन्दा अघि छनोट भएको क्यानडाका ओसोरियोले 'सप्राइज' दिनेमा विश्वस्त छन्। केभिन डे ब्रुइन, इडेन हाजार्ड र थिबाउट कोर्टोइस जस्ता बेल्जियमको टोलीसँगको भिडन्त ३६ वर्षमा पहिलो पटक विश्वकप खेल्ने क्यानडालाई सहज भने हुनेछैन। अझ क्यानडाका हाइ प्रोफाइल खेलाडी अल्फोन्सो डेभिसको अभाव खड्कन सक्नेछ।
क्यानडाका प्रशिक्षक जोन हर्डम्यानलाई बायर्न म्युनिखका स्टार फुल-ब्याक अल्फोन्सो डेभिसको ह्यामस्ट्रिङको चोट चिन्ताको विषय बन्नेछ।
'फ्रान्स, जर्मनी, इटाली, इङ्गल्याण्ड, ब्राजिल, अर्जेन्टिनामा कुरा गर्दा उनीहरूले 'क्यानडा को हो?' भनेर सोध्नेछन्। तर मलाई लाग्छ आन्तरिक रूपमा एक देशको रूपमा हामीले चीजहरू सम्भव छ भनेर विश्वास गर्न थाल्यौं। र, हाम्रो सोच हो: एक समयमा एक खेल।'
अर्कोतर्फ बेल्जियमको चिन्ता भनेको रोमेलु लुकाकुको फर्म पनि हो। ह्यामस्ट्रिङ स्ट्रेनको इन्ज्युरीबाट पीडित स्ट्राइकर रोमेलु लुकाकुको फिटनेसले चिन्ता बढाएको छ। कतारमा उनले पहिलो दुई खेल गुमाउने बताइएको छ।