PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’



पहिलोपोस्ट

कैलाली-३ मा नागरिक उन्मुक्ति पार्टीको ‘क्लिन स्वीप’

कैलाली : कैलालीको क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभा र दुई वटै प्रदेशसभामा जित निकालेको छ।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टी गङ्गाराम चौधरी निर्वाचित भएका छन्। यस्तै प्रदेशसभाको दुईवटै निर्वाचन क्षेत्रमा पनि नागरिक उन्मुक्ति पार्टीकै उम्मेदवार निर्वाचित भएका छन्। 

प्रदेश सभा ‘क’ मा घनश्याम चौधरी विजयी भएका छन्। उनी १३ हजार ९ सय २३ मत ल्याइ विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार खेमराज डगौरा थारु ११ हजार ५ सय ७२ मत ल्याएका थिए।

त्यस्तै, प्रदेशसभा ‘ख’ मा खुसीराम चौधरी ७ हजार ५ सय ३९ मतले विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउँदले ६ हजार ६ सय १९ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell