PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

गुल्मीबाट चौथोपटक गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित



पहिलोपोस्ट

गुल्मीबाट चौथोपटक गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका सचिव गोकर्ण विष्ट विजयी भएका छन्।

विष्टले २८ हजार ४७६ मत प्राप्त गरि विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनकी साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)की सचिव रामकुमारी झाँक्रीले २६ हजार ४४२ मत प्राप्त गरेकी छिन्।

गुल्मीबाट विष्ट चौथो पटक निर्वाचित भएका हुन्। २०५६ यता ५ वटा निर्वाचन लडेका विष्ट २०६४ मा पराजित भएका थिए।

को हुन् विष्ट? गुल्मीको इस्मामा जन्मिएका विष्ट २०३६ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका हुन्। उनी गुल्मी अनेरास्ववियु अध्यक्ष हुँदै २०५६ सालमा प्रजातान्त्रिक राष्ट्रिय युवा संघको अध्यक्ष बनेका थिए।

२०६५ मा एमालेको केन्द्रिय सदस्य भएका उनी २०७१ मा केन्द्रीय सचिव भए। हाल उनी एमालेकै सचिव रहेका छन्।

विष्टले कानुन र व्यवस्थापनमा स्नातक गरेका छन्। विष्ट उर्जा र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहित दुईपटक मन्त्री भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell