PahiloPost

May 20, 2025 | ७ जेठ २०८२

पर्सा ३ (क) मा स्वतन्त्त उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी



पहिलोपोस्ट

पर्सा ३ (क) मा स्वतन्त्त उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी

वीरगंज : पर्सा क्षेत्र नं ३ (क) मा स्वतन्त्र उम्मेदवार प्रमोदकुमार जैसवाल विजयी भएका छन्। ७ हजार २८१ मत ल्याई उनी विजयी भएकी हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अबदुलरहिम अन्सारी ५ हजार ९३० मत ल्याई दोस्रो स्थानमा समेटिएका छन्।

जनता समाजवादी पार्टी सत्ता गठबन्धनमा हुँदा उनले प्रदेशसभा सदस्यमा टिकट पाउने चर्चा थियो ।तर उम्मेदवारीको दुई दिन अघि एमालेसँग जसपाको तालमेल हुदाँ उक्त क्षेत्रबाट एमालेले टिकट पाउने पक्का भयो। र, उनी स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउन बाध्य भएका थिए।

सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदिपकुमार जैसवालका दाइ रहेका प्रमोद शिक्षित यूवक हुन्। उनी शिक्षा संकायमा स्नातकोत्तर गरि १० वर्ष विदेशी गैरसरकारी संस्थामा पनि काम गरेको अनुभव छ। हाल हार्डवेयर व्यवसायीको रुपमा उनी सो क्षेत्रमा चिनिन्छन्।

यसअघि सो क्षेत्रबाट २०७४ सालको प्रदेशसभाको चुनावमा तत्कालिन जसपाका अबदुलरहिम अन्सारी निर्वाचित भएका थिए। तर, चुनावको मुखमा उनी एमाले प्रवेश गरी टिकट पाएर अहिले पराजय भोगेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell