PahiloPost

Jun 24, 2024 | ११ असार २०८१

स्याङ्जा २ मा अझै हुन सकेन मतगणना, सयौं फर्जी मत खसेको भन्दै एमालेको अवरोध जारी



पहिलोपोस्ट

स्याङ्जा २ मा अझै हुन सकेन मतगणना, सयौं फर्जी मत खसेको भन्दै एमालेको अवरोध जारी

स्याङ्जा : स्याङ्जा क्षेत्र नं २ को मतगणना विवाद झन चुलिएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेले मृत्यु भइसकेको १३१ जना व्यक्तिको नाममा मतदान भएको आरोप लगाएको छ। एमालेले लगायत केही दलले सोमबार नै पुन: मतदान गर्नुपर्ने माग राख्दै पत्रकार सम्मेलन गरेको थियो। गठबन्धन दलले चापाकोट नगरपालिकाका ४ वटा बुथमा कब्जा गरेर फर्जी मत खसालेको एमालेको आरोप छ।

जसकारण अहिलेसम्म उक्त क्षेत्रमा मतगणना भएको छैन। मंगलबार एमालेले पुन विज्ञप्ती निकाल्दै मृत्यु भइसकेको १३१ जना मृत्यु भइसकेको सहित २४७ फर्जी मत खसालेको आरोप लगाएको छ। यस्तै विदेशमा रहेका व्यक्तिको नाममा पनि मत खसेको आरोप एमालेको छ।

एमालेले सार्वजनिक गरेको पत्रमा विमान दुर्घटनमा मृत्यु भइसकेकी किस्मी थापाको नामसमेत मत खसेको उल्लेख गरेको छ। राम मन्दिर मावि र्दासिङ नरसेवा मतदान केन्द्रमा मृत्यु भइसकेको व्यक्तिको नाममा मत खसेको उल्लेख गर्दै उनको नाम २ नम्बर राखिएको छ। यस्तै जनसक्रिय आधाभूत विद्यालयमा ३७ जना विदेशमा रहेको व्यक्तिको नाममा पनि मत खसेको उल्लेख छ। सोही मतदान केन्द्रमा अन्य मतदान केन्द्रमा खटिएका ३१ जना कर्मचारीको नाममा पनि मत खसेको आरोप एमालेको लगाएको छ।

एमालेले चापाकोटको वडा ३ मा पर्ने दिसिङकोट आधारभूत विद्यालय, वडा ४ मा पर्ने राम मन्दिर, वडा ५ मा पर्ने जनसक्रिय आधारभूत विद्यालय र दिन दयालु मतदान केन्द्रमा नेपाली कांग्रेसका कार्यकर्ताले बुथ कब्जा गरी फर्जी मत खसालेको बताएको छ। मतदानका दिन चापाकोटका दुई मतदान केन्द्रमा एकएक राउन्ड हवाईफायर समेत भएको थियो।

एमालेले पुन मतदान गर्नुपर्ने माग राख्दै मंगलबार निर्वाचन कार्यालय वालिङमा धर्ना दिएको थियो। यता, मतगणना छिटो सुरु गर्नुपर्ने माग राख्दै गठबन्धनका दलको पनि धर्ना थियो। यस विषयमा निर्वाचनमा आयोगमा निवेदन परिसकेको छ।

क्षेत्र २ का निर्वाचन अधिकृत रामचन्द्र शर्माका अनुसार अहिलेसम्म आयोगबाट केही निर्णय आइसकेको छैन।

यस क्षेत्रमा एमालेकी सचिव पदमा अर्याल र कांग्रेसका उपसभापति धनराज गुरुङ चुनावी प्रतिस्पर्धामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell