PahiloPost

Jun 13, 2025 | ३१ जेठ २०८२

चुनावी हारपछि रामकुमारी झाँक्री : समाजलाई अराजनीतिकरण गरिएको रहेछ



पहिलोपोस्ट

चुनावी हारपछि रामकुमारी झाँक्री : समाजलाई अराजनीतिकरण गरिएको रहेछ

काठमाडौं : नेकपा (एकीकृत समाजवादी)की नेता रामकुमारी झाक्रीले चुनावी प्रतिस्पर्धा रोमान्चक भएको बताएकी छिन्। निर्वाचनमा पराजित भएपछि उनले विश्वविद्यालयमा पढेभन्दा बढी सिकाइ भएको टिप्पणी गरेकी हुन्। 'ज्ञानको हिसावले कुनै प्रशिद्ध विश्वविद्यालयमा पढे भन्दा बढी। समाज र सामाजिक जीवनका थुप्रै पक्षको बारेमा समाजको पिँधसम्म पुगेर हेर्ने, बुझ्ने, जान्ने मौका पाएँ,' झाँक्रीको भनाइ छ।

समाजलाई गलत प्रयोग गरिएको र त्यो लोकतन्त्रका लागि घातक हुने भन्दै झाँक्रीले आक्रोश व्यक्त गरिन्। 'यो साढे दुई दशकमा समाजलाई जसरी Depoliticization (एक प्रकारको गलत प्रयोग) गरिएको रहेछ नि त्यो चाहि लोकतन्त्रको लागि गम्भीर छ। डर लाग्दो छ,' उनले भनेकी छिन्।

गुल्मी-२ बाट प्रतिनिधि सभामा सत्ता गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीले झाँक्रीलाई उम्मेदवार बनाएको थियो। झाँक्रीको पूर्व पार्टी नेकपा एमालेका नेता गोकर्ण बिष्ट उक्त क्षेत्रमा निर्वाचति भएका हुन्। बिष्टले फराकिलो मतान्तरले चुनाव जितेका छन्। बिष्टले २८ हजार ४७६ मत पाउदा झाँक्रीको पक्षमा २६ हजार ४४२ मत मात्रै रह्यो। हालसम्म एकीकृत समाजवादीले एक ठाउँमा मात्रै चुनाव जितेको छ।

झाँक्री २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालिबाट सांसद बनेकी थिइन्। विष्ट २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा पनि गुल्मी-२ बाटै निर्वाचित भएका थिए। उनको संसदीय यात्रामा ब्रेक लगाउन झाँक्रीले उम्मेदवारी दिएको भए पनि असफल बनेकी छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell