PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी



पहिलोपोस्ट

सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहाल विजयी

काठमाडौं : सिन्धुली निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनतर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार लेखनाथ दाहाल (राजन) प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन्।

दाहालले २७ हजार ५१७ मत प्राप्त गरि विजयी भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए।

दाहालका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार मनोजजङ्ग थापाले २१ हजार ६८७ मत प्राप्त गरेका छन्। यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अनोजकुमार दाहालले एक हजार ५५३ मत प्राप्त गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका भीष्मराज श्रेष्ठले भने एक हजार ३४० मत प्राप्त गरेर चौथो भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell