PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा 'इन्ट्री': पूर्व आइजी पराजित, भीमसेनदास बने तेस्रो



पहिलोपोस्ट

टिच फर नेपालका सहसंस्थापक शिशिर खनालको संसदमा 'इन्ट्री': पूर्व आइजी पराजित, भीमसेनदास बने तेस्रो

काठमाडौं : काठमाडौं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल निर्वाचित भएका छन्। पूर्व रक्षामन्त्रीसमेत रहेका नेपाली कांग्रेसका भीमसेनदास प्रधान र पूर्व आइजीसमेत रहेका एमालेका सर्वेन्द्र खनाललाई पराजित गर्दै शिशिरले संसदको यात्रा तय गरेका हुन्।

शिशिरले १४ हजार २ सय ४ मत पाउँदा सर्वेन्द्रले ८ हजार ९ सय ११ मत पाए। कांग्रेस उम्मेदवार प्रधानले ८ हजार ८ सय ५ मत पाए।

योसँगै राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंका ४ वटा क्षेत्रमा जित हात पारेको छ।

टिच फर नेपालका सहसंस्थापक शिशिर अमेरिकाबाट राजनीतिक अर्थशास्त्र र सार्वजनिक नीतिमा स्नातकोत्तर उत्तीर्ण गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell