PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

गण्डकी प्रदेशमा कांग्रेसले तीन सिट जित्दा गिलासको पनि खाता खुल्यो, कुन क्षेत्रमा को अघि?



पहिलोपोस्ट

गण्डकी प्रदेशमा कांग्रेसले तीन सिट जित्दा गिलासको पनि खाता खुल्यो, कुन क्षेत्रमा को अघि?

पोखरा : गण्डकी प्रदेशमा नेपाली कांग्रेसले तीन प्रतिनिधिसभा क्षेत्रमा जीत निकालेको छ। यता प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले ७ सिट जित्दा नेकपा माओवादी केन्द्रले २ र नेकपा एमालेले ३ सिट जितेको छ।

गोरखाका दुई निर्वाचन क्षेत्रमा गठबन्धनले अग्रता लिएको छ। गोरखा १ मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र बजगाईँले २० हजार २५३ मत ल्याएर अग्रता लिँदा नेपाल कम्युनिष्ट पार्टीका एमालेले रामशरण बस्नेतले ९ हजार ५७९ मत ल्याएका छन्। यता क्षेत्र नं २ मा नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले १९ हजार ५३१ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका कबिन्द्र बुर्लाकोटीले ७ हजार १६७ मत पाएका छन्।

लमजुङमा एमालेका पृथ्वीसुब्बा गुरुङको २२ हजार ४३८ मत ल्याउँदा देवप्रसाद गुरुङले २२ हजार १३० मत ल्याएका छन्। तनहुँमा क्षेत्र नं १ मा रामचन्द्र पौडेल ३ हजार मतले अगाडि छन्। उनले १२ हजार ६ मत ल्याउँदा एमालेका एकबहादुर राना मगर ९ हजार ६७० मत ल्याएका छन्।

तनहुँ क्षेत्र नं २ मा कांग्रेसबाट शंखर भण्डारी विजयी भइसकेका छन्। शंखरले ३० हजार ६०४ मत ल्याउँदै एमालेका किरण गुरुङलाई हराएका हुन्। किरणले २५ हजार १३० मत प्राप्त गरेका थिए।

स्याङ्जा क्षेत्र नं १ मा कांग्रेसका राजु थापाले अग्रता लिइरहेका छन्। उनले १० हजार ९८३ मत ल्याउँदा एमालेका नारायण प्रसाद मरासिनीले ९ हजार ७ मत ल्याएका छन्।

यता स्याङ्जा क्षेत्र नं २ मा विवादका कारण मतगणना सुरु भइसकेको छैन। यसक्षेत्रबाट एमालेकी पदमा अर्याल र कांग्रेसबाट धनराज गुरुङ मैदानमा छन्।

कास्कीका ३ क्षेत्रमा एमालेले अग्रता लिएको छ। क्षेत्र नं १ मा मनबहादुर गुरुङले ९ हजार ९० मत ल्याउँदा कांग्रेसका किशोरदत्त बराल ८ हजार २२ मत ल्याएका छन्। क्षेत्र नं २ मा विद्या भट्टराईले १० हजार ५२६ मत ल्याउँदा स्वतन्त्र पार्टीका माधव प्रसाद कंडेलले ७ हजार ५३२ मत ल्याएका छन्। यता क्षेत्र नं ३ मा एमालेका दामोदर वैरागी ११ हजार ४४२ मत ल्याउँदा माओवादी केन्द्रका रामजी बरालले ८ हजार ७१४ मत ल्याएका छन्।

मनाङमा कांग्रेसले आफनो सिट सुनिश्चित गरिसकेको छ। कांग्रेसका टेक बहादुर गुरुङले २५ सय ७५ मत ल्याउँदा विजयी हुँदा एमालेका कोलदेन चोपान गुरुङले २ हजार २४७ मत ल्याएका छन्। मुस्ताङमा पनि कांग्रेसका योगेश गौचन थकालीले ३ हजार ९९२ मत ल्याउँदै विजयी भएका छन्।

पर्वतमा एमालेका पदम गिरीले १७ हजार ५०८ मत ल्याउँदा कांग्रेसका अर्जुन प्रसाद जोशीले १६ हजार ४७६ मत ल्याउँदै पछ्याईरहेका छन्। म्याग्दीमा भने कांग्रेसका खम बहादुर गर्बुजा पुनले अग्रता लिइरहेका छन्। उनले १६ हजार ८८० मत ल्याउँदा एमालेका हरिकृष्ण श्रेष्ठले १५ हजार ७४० मत ल्याएका छन्।

बागलुङमा क्षेत्र नं १ मा राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी विजयी भएका छन्।  २१ हजार ४९१ मत ल्याएर उनी विजयी भएका हुन्। एमालेका सुर्यप्रसाद पाठकले १८ हजार ८२५ मत पाएका छन्। त्यस्तै क्षेत्र नं २ मा माओवादीका देवेन्द्र पौडेलले १८ हजार ३२० मत ल्याउँदा एमालेकी मन्जु शर्माले १६ हजार ३५ मत प्राप्त गरेकी छन्।

नवलपुरका दुबै क्षेत्रमा पनि कांग्रेसले अग्रता लिइरहेको छ। क्षेत्र नं १ मा शंशाक कोइरालाले १४ हजार २१८ मत ल्याउँदा स्वतन्त्र पार्टीका राजन गौतमले १२ हजार ४७८ मत ल्याएका पछयाईरहेका छन्। क्षेत्र नं २ मा विष्णु कुमारी कार्कीले १९ हजार १२ मत ल्याउँदा एमालेका तिल बहादुर महत क्षेत्रीले १८ हजार ३५१ मत ल्याएर पछयाईरहेका छन्।

प्रदेशमा कसको स्थान कस्तो छ ?

यता नवलपुर क्षेत्र नं १ 'क' मा एमालेका रविन्द्र अधिकारीले ९ हजार ९७५ मत ल्याउँदा कांग्रेसका महेन्द्र धवजले ९ हजार ९०५ मत ल्याएर पछयाइररहेका छन्। १ 'ख' मा एमालेका रोशन गाहा थापाले १० हजार ८ मत ल्याउँदा माओवादीका लोकप्रसाद भुर्तेलले ८ हजार ११० मत ल्याएका छन्।

क्षेत्र नं २ 'क' मा एमालेकी पदमा जिसीले १९ हजार ३७८ मत ल्याएर अग्रता लिँदा माओवादीका सौगम कुमार विकले १४ हजार ७४३ मत पाएका छन्। २ 'ख' मा पनि एमालेका लक्ष्मण बहादुर पाण्डेले १८ हजार ८०६ मत ल्याएर एकिकृतका गोपाल खनालभन्दा अगाडि छन्।

बागलुङका चारवटै प्रदेश निर्वाचनमा क्षेत्रमा कांग्रेसले जीत निकालेको छ। बागलुङ क्षेत्र नं १ 'क' मा कांग्रेसका दिपेन्द्र थापाले १३ हजार ८८४ मत ल्याउँदै विजयी हुँदा 'ख' मा पनि कांग्रेसका डिल्लीराम पौडेलले १३ हजार ३२७ मत ल्याउँदै विजयी भएका छन्।

त्यस्तै क्षेत्र नं २ 'क' मा कांग्रेसका जीतबहादुरर शेचनले १५हजार १०८ मत ल्याउँदै विजयी हुँदा २ 'ख' मा कांग्रेसका डोर्नाकुमार कुँवरले १२ हजार ४०८ मत ल्याएरर जितेका छन्।

यता म्याग्दी क्षेत्र नं १ 'ख' मा माओवादीका रेशमबहादुर जंगलीले ९ हजार ४५४ मत ल्याएर विजयी भएका छन्। १ 'क' मा मतगणना जारी छ। यस क्षेत्रमा माओवादीका हरिबहादरुर भण्डारी ६ हजार ४० मत ल्याएर अग्रता बनाइरहँदा एमालेका देवबहादुर क्षेत्री ६ हजार १४ मत ल्याएका छन्।

पर्वतमा दुबै निर्वाचन क्षेत्रमा एमालेले 'लिड' गरिरहेको छ। १ 'क' मा एमालेका भक्त बहादुर कुवँरले १५ हजार ५३४ मत ल्याएर अग्रता लिँदा माओवादी केन्द्रका सुदिप कुँवरले १३ हजार ४६० मत पाएका छन्। १ 'ख' मा एमालेका मित्रलाल बस्यालले १३ हजार ७४८ मत ल्याएर अग्रता लिँदा कांग्रेसका रिसीकेश तिवारीले ११ हजार ८ सय ५४ मत प्राप्त गरेका छन्।

मुस्ताङको दुबै निर्वाचन क्षेत्रमा कांग्रेसले आफनो जीत निकालेको छ। क्षेत्र नं १ 'क' र 'ख' मा कांग्रेसका नम्डु गुरुङ र विकल शेरचन विजयी भएका छन्। मनाङबाट प्रदेश निर्वाचनमा कांग्रेसका मुनिन्द्र जंग गुरुङ र स्वतन्त्र राजीव गुरुङ निर्वाचित भएका छन्।

कास्की क्षेत्र नं १ 'ख' मा एमालेले अग्रता लिइरहेको छ। एमालेका बेदबहादुर गुरुङले ९ हजार ६०४ मत ल्याएर अगाडि रहँदा कांग्रेसका दिपक गुरुङले ८ हजार ५५३ मत ल्याएका छन्। 'क' मा मतगणना सुरु भइसकेको छैन।

यस्तै क्षेत्र नं २ 'क' मा एमालेका भिमबहादुर कार्की १० हजार ५३१ म्त ल्याउँदै विजयी भएका छन्। २ 'ख' मा बहालवाला मन्त्री विन्दुकुमार थापाले लिड गरिरहेका छन्। कांग्रेसका थापाले २५ सय २१ मत ल्याउँदा एमालेकी मिना गुरुङले १५ सय ५१ म्त ल्याएकी छिन्।

यता क्षेत्र नं ३ 'क' मा एमालेका गनेशमान गुरुङ १४ हजार ४७३ मत ल्याउँदै विजयी भएका छन्। माओवादी दुर्गादत्त भण्डारीले ९ हजार ६६२ मत ल्याएका थिए। ३ 'ख' मा मतगणना केहीबेर सुरु हुँदैछ।

स्याङ्जा क्षेत्र नं १ 'क' मा एमालेकी सिताकुमारी सुन्दास १० हजार ३३१ मत ल्याएर अगाडि रहँदा माओवादीकी अमृता थापाले ९ हजार १३ मत ल्याएकी छिन्। १ क, २ क र ख मा मतगणना सुरु भइसकेको छैन।

तनहुँ क्षेत्र नं १ 'क' मा कांग्रेसका अशोक कुमारी श्रेष्ठ ६ हजार ७०९ मत ल्याएर अगाडि रहँदा एमालेका रामबहादुर गुरुङ ४ हजार ८५९ ल्याएका छन्। १ 'ख' मा भने माओवादीका हरिबहादुर चुमानले ९ हजार १४७ मत ल्याएर अगाडि रहँदा एमालेका पुर्ण बहादुर गुरुङ ले ७ हजार २६४ मत ल्याएका छन्।

यस्तै २ 'क' मा एमालेले जीत निकाल्दा 'ख' मा कांग्रेस विजयी भएका छन्। 'क' मा एमालेका श्याम राज महत विजयी हुँदा 'ख' मा जीत प्रकाश आलेमगर विजयी भएका छन्।

यता लमजुङ 'क' मा कांग्रेसले लिड गर्दा 'ख' मा एमालेले अग्रता बनाएको छ। 'क' मा कांग्रेसका टकराज गुरुङले १२ हजार ९९३ मत ल्याउँदा एमालेका जमिन्द्रा घलेले ८ हजार ९४१ मत ल्याएर पछयाइरहेका छन्। 'ख' मा एमालेका कृष्ण प्रसाद अधिकारीले १३ हजार ९५१ म्त ल्याउँदा कांग्रेसका भेषबहादुर पौडेलले १३ हजार १५ मत ल्याएका छन्।

यता गोरखा १ 'क' मा एमालेका कृष्णप्रसाद धिताल विजयी हुँदा १ ख मा कांग्रेसका नन्द प्रसाद न्यौपाने निर्वाचित भएका छन्।

यता २ 'ख' मा कांग्रेसका सुरेन्द्र निर्वाचित भएका छन्। २ 'क' मा माओवादीका फडिन्द्र देवकोटाले आफनो जीत सुनिश्चित गरेका छन्। उनले १० हजार २४७ मत ल्याउँदा एमालेका राजु रानाले ४ हजार २०४ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell