
विराटनगर : मोरङको क्षेत्र नम्बर १ र २ मा एमाले र ३ र ६ मा नेपाली काङ्ग्रेसले आ–आफ्नो अग्रतालाई स्थिर राखेका छन्।
निर्वाचन कार्यालयबाट प्राप्त पछिल्लो परिणामअनुसार क्षेत्र नम्बर १ मा एमालेका घनश्याम खतिवडाले ८ हजार १४८ मत ल्याउँदा नेपाली काङ्ग्रेसका डिगबहादुर लिम्बूले ७ हजार ७९ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर १ को १ मा पनि एमालेकै उमाकान्त गौतम अगाडि छन्। गौतमले ९ हजार ९९९ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कुलप्रसाद साम्बाले ७ हजार ५ सय ४८ मत ल्याएका छन्।
क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल ११ हजार ३४२ मतका साथ अघिअघि छन्। उनलाई नेपाली काङ्ग्रेसकी सुजाता कोइरालाले १० हजार ५२७ मतका साथ पछ्याइरहेकी छन्।
क्षेत्र नम्बर २ को १ मा माओवादी केन्द्रका गणेशप्रसाद उप्रेती सुशील झिनो मतले अगाडि छन्। उप्रेतीको ४ हजार ७८२ मत आउँदा एमालेका दानबहादुर कार्कीको ४ हजार ५७७ मत देखिएको छ।
क्षेत्र नम्बर ३ मा नेपाली काङ्ग्रेसका डा. सुनिलकुमार शर्मा ठुलो मतान्तरका साथ अघि बढिरहेका छन्।
डा. शर्माको १४ हजार ३३ मत आउँदा एमालेका भानुभक्त ढकालको ८ हजार ७४८ मत आएको छ।
क्षेत्र नम्बर ३ को १ मा नेपाली काङ्ग्रेसका मानबहादुर लिम्बू विजयनजिक पुगेका छन्।
लिम्बूको १८ हजार २८६ मत आउँदा एमालेका दिलीपकुमार राईले १३ हजार ८५८ मत प्राप्त गरेका छन्।
क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रका अमनलाल मोदी अगाडि छन्।
मोदीको १९ हजार १३७ मत छ भने एमालेका विनोद ढकालले १० हजार १९५ मत ल्याएका छन्।
क्षेत्र नम्बर ४ को १ मा एमालेका जयप्रकाश चौधरी झिनो मतले अग्र स्थानमा छन्।
चौधरीले १३ हजार ५६३ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गुरुराज घिमिरेको १३ हजार १५५ मत छ।
क्षेत्र नम्बर ५ मा एमालेबाट विद्रोही भएर स्वतन्त्र उठेका योगेन्द्र मण्डलले लिड गरिरहेका छन्।
मण्डलको १४ हजार ७५२ मत पुग्दा जनता समाजवादी पार्टीका राजकुमार यादवले १० हजार ५९६ मत पाएका छन्।
क्षेत्र नम्बर ५ को १ बाट नेपाली काङ्ग्रेसका गयानन्द मण्डल विजयी भइसकेका छन्। क्षेत्र नम्बर ५ को २ मा नेपाली काङ्ग्रेसका अमृत धेरै मतले अगाडि छन्।
अर्यालले ६ हजार ५२२ र जनता समाजवादी पार्टीका जयराम यादवले ३ हजार ९१४ मत ल्याएका छन्।
क्षेत्र नम्बर ६ मा नेपाली काङ्ग्रेसका डा. शेखर कोइरालाले अग्रता लिइरहेका छन्।
डा. कोइरालाको १२ हजार ४३९ मत आउँदा एमालेका लालबाबु पण्डितको १० हजार २८० मत छ।
क्षेत्र नम्बर ६ को १ मा एमालेका रीता न्यौपानेले आफ्नो अग्रतालाई स्थिर राखेकी छन्।
न्यौपानेले १० हजार ८७७ र माओवादी केन्द्रका जीवन आचार्यले १० हजार ४५१ मत हासिल गरेका छन्।