PahiloPost

Jul 28, 2025 | १३ साउन २०८२

इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते



पहिलोपोस्ट

इन्द्रसरोवरमा टाटा सुमो दुर्घटना : एक जनाकाे मृत्यु, ७ जना घाइते

हेटौंडा : मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ मा टाटा सुमो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।

आज वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्बरको सुमो दुर्घटना हुँदा एकजनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। सुमोमा सवार १० जनामध्ये ७ जना घाइते भएको मकवानपुरको प्रहरी प्रमुख एसपी बामदेव गौत्तमले जानकारी दिए। गाडीमा रहेका दुईजना भने सकुशल रहेका छन्।

प्रहरी मतगणनास्थलमा व्यस्त रहेकाले स्थानीयहरुले घाइतेहरुको उद्धार गरिरहेको ईलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ। फाखेल चौकी इन्चार्ज कुलचन्द्र झाको अनुसार दुर्घटनामा परि मृत्यु हुनेको पहिचान खुलिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell