PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

सप्तरीमा बज्यो 'हर्न' : सीके राउतले उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराए



पहिलोपोस्ट

सप्तरीमा बज्यो 'हर्न' : सीके राउतले उपेन्द्र यादवलाई दोब्बर मतान्तरले हराए

जनकपुरधाम : सप्तरी प्रतिनिधिसभा क्षेत्र नं. २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत विजयी भएका छन्। निकटतम प्रतिद्वन्दीको मतको दोब्बर मत ल्याएर उनी निर्वाचित भएका हुन्।

राउतले जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेका हुन्। राउतले ३५ हजार ४२ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी यादव भने १६ हजार ९७९ मतमा सिमित भएका हुन्।

यस्तै, पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुर ७ हजार ३४७   मत ल्याएर तेस्रो स्थानमा रहेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell