PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

बर्दिया-२ बाट रेशम चौधरीका बुवा लालवीर विजयी, नागरिक उन्मुक्ति पार्टीको थियो समर्थन



पहिलोपोस्ट

बर्दिया-२ बाट रेशम चौधरीका बुवा लालवीर विजयी, नागरिक उन्मुक्ति पार्टीको थियो समर्थन
तस्विर : रेडियो रुकमणि

काठमाडौं : बर्दिया क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार लालवीर चौधरी विजयी भएका छन्। गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का सुरेश पन्थलाई १३६ मतले पछि पार्दै उनी विजयी भएका हुन्।

चौधरीले २६ हजार पाँच सय २० मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी माओवादीका पन्थले २६ हजार तीन सय ८४ मत प्राप्त गरे। यसैगरि, नेकपा (एमाले)का पङ्कजसिँह राठौरले १६ हजार ९० मत प्राप्त गरे भने राप्रपाका विनय रावलले १३ हजार २९२ मत प्राप्त गरेका छन्।

विजयी चौधरी रेशम चौधरीका बुबा हुन्। रेशमको उम्मेदवारी खारेजी भएपछि नागरिक उन्मुक्ति पार्टीले स्वतन्त्रमा उम्मेदवारी दिएका लालवीर चौधरीलाई सहयोग गरेको हो।  क्षेत्र नं. २ मा एक लाख ५२ हजार ६२ मतदाता रहेकामा ९२ हजार एक सय ९९ मत खसेको थियो भने पाँच हजार तीन सय ८७ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell