PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

कांग्रेसका बागी अजयकुमारलाई पराजित गर्दै पर्सा १ मा जसपाका प्रदीप यादव विजयी



पहिलोपोस्ट

कांग्रेसका बागी अजयकुमारलाई पराजित गर्दै पर्सा १ मा जसपाका प्रदीप यादव विजयी

वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्।

पूर्व वन मन्त्री समेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यादवले मतगणनाको अन्तिम नतिजा अनुसार २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्विवेदीले २० हजार ९१७ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लक्षमणलाल कर्णले १ हजार ११७ मत ल्याएका छन्। लोसपाका नेता कर्णको जमानत जफत भएको छ ।

प्रदिप यादवले २०७४ सालको चुनावमा यसै क्षेत्रबाट कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई पराजित गरेका थिए। अजयकुमार द्विवेदीले कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। यहाँ सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसले लोसपाका नेता कर्णलाई सघाउनुको साटो द्विवेदीलाई सघाएर चुनाव जिताउने रणनीतिमा लागेको स्थानीय नेता बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell