PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

सत्ता गठबन्धनका लक्ष्मणलाल कर्णको जमानत नै जफत, लोसपाबाट थिए पर्सा १ मा उम्मेदवार



पहिलोपोस्ट

सत्ता गठबन्धनका लक्ष्मणलाल कर्णको जमानत नै जफत, लोसपाबाट थिए पर्सा १ मा उम्मेदवार

वीरगंज : पर्सा क्षेत्र नं १ को प्रतिनिधिसभातर्फ भएको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार प्रदीप यादव निर्वाचित भएका छन्।

पूर्व वन मन्त्रीसमेत रहेका यादवले १ हजार ६२० मतको अन्तरले स्वतन्त्र उम्मेदवार अजयकुमार द्विवेदीलाई पराजित गरेका हुन्। यादव यसअघि पनि यही क्षेत्रबाट निर्वाचित भएका थिए।

यादवले मतगणनाको अन्तिम नतिजाअनुसार २२ हजार ५३७ मत प्राप्त गरेका छन् भने द्विवेदीले २० हजार ९१७ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका किरणमान डंगोलले २ हजार ६५९ मत ल्याउँदा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लक्ष्मणलाल कर्णले १ हजार ११७ मत ल्याएका छन्। लोसपाका नेता कर्णको जमानत जफत भएको छ।

प्रदीपले २०७४ सालको चुनावमा यसै क्षेत्रबाट कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई पराजित गरेका थिए। अजयकुमार द्विवेदीले कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएका थिए। यहाँ सत्तारुढ गठबन्धनमा रहेको नेपाली कांग्रेसले लोसपाका नेता कर्णलाई सघाउनुको साटो द्विवेदीलाई सघाएर चुनाव जिताउने रणनीतिमा लागेको स्थानीय नेता बताउँछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell