PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

झापा-५ बाट केपी ओली निर्वाचित, ६ पटक यही क्षेत्रबाट बने सांसद



पहिलोपोस्ट

झापा-५ बाट केपी ओली निर्वाचित, ६ पटक यही क्षेत्रबाट बने सांसद

काठमाडौं : झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचित भएका छन्।

निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार ओलीले ५१ हजार ६१९ मत प्राप्त गरि विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार २३१ मत  प्राप्त गरे।

ओली योसँगै ६ पटक विजयी भएका छन्। यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell