PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

अग्नि खरेललाई फराकिलो मतान्तरले पराजित गर्दै संघीय संसद भवन प्रवेश गर्दै विश्वप्रकाश शर्मा



पहिलोपोस्ट

अग्नि खरेललाई फराकिलो मतान्तरले पराजित गर्दै संघीय संसद भवन प्रवेश गर्दै विश्वप्रकाश शर्मा

काठमाडौं : झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन्। नेकपा एमालेका उम्मेदवार अग्नि खरेललाई १४ हजार २७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन्।

शर्माले ३९ हजार ६२४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार ३४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए।

शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन्।  खरेल भने नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell