PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

मोरङको क्षेत्र नम्बर ४ 'क' मा एमालेका चौधरी विजयी



पहिलोपोस्ट

मोरङको क्षेत्र नम्बर ४ 'क' मा एमालेका चौधरी विजयी

विराटनगर : मोरङको क्षेत्र नम्बर ४ 'क' मा नेपाली कांग्रेसका गुरुराज घिमिरेलाई झिनो मतले पराजित गर्दै एमालेका जयप्रकाश चौधरी विजयी भएका छन्।

निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार एमालेका चौधरी १५ हजार ४६५ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी घिमिरेले १५ हजार ५९ मत प्राप्त गरेका छन्।

मोरङको क्षेत्र नम्बर ४ 'क' मा बेलबारी नगरपालिकाका वडा नम्बर ५, ६ र ७, ग्रामथान गाउँपालिका, कटहरी गाउँपालिकाको वार्ड नं. ४, ५, ६ र ७ तथा विराटनगर महानगरपालिकाको वडा नं. १९ पर्छन्।

ग्रामथानका ४६ वर्षीय जयप्रकाश (जेपी) चौधरी मूलतः सामाजिक अभियन्ता हुन्। उनी विगत १५ वर्षदेखि राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संस्थामा आबद्ध छन्।

उनले प्लान नेपाल, वर्ल्ड भिजन, नारी विकास सङ्घ, फरवार्ड लगायतका दर्जनौँ सङ्घसंस्थामा काम गरिसकेका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell