
वीरगंजः बारा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का कृष्णकुमार श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले एमालेका उम्मेदवार एकवाल मियाँलाई पराजित गरेका हुन्।
श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गरेका छन्। मियाँले १९ हजार ४३९ मत प्राप्त गरेका छन्।