PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

बराबरीमा रोकिए क्रोएसिया र मोरोक्को



पहिलोपोस्ट

बराबरीमा रोकिए क्रोएसिया र मोरोक्को
Photo: Reuters

फिफा विश्वकप अन्तर्गत आज सम्पन्न समूह 'एफ' को खेलमा क्रोएसिया र मोरोक्को बराबरीमा रोकिएका छन्। विश्वकपको साविक उपविजेता क्रोएसिया मोरोक्कोसँग गोलरहित बराबरीमा रोकिएका हुन्।

क्रोएसिया आक्रमणमा कमजोर देखिँदा सानदार प्रदर्शन गरेको मोरोक्कोले बनाएको अवसरमा चुकेको थियो। फीफा वरीयतामा १२ औं स्थानमा रहेको क्रोएसियाले अपेक्षाकृत रुपमा बलमा धेरै समय पकड बनाए पनि पछिल्लो तीन वर्षमा ४० खेल खेल्दा दुई पराजयमात्र ब्यहोरेको मोरोक्कोमाथि हावि हुन भने सकेन।

क्रोएसियाले अर्को खेलमा आइतवार क्यानडासँग र मोरोक्कोले बेल्जियमसँग खेल्ने छ। समूह 'एफ'मा क्यानडा, मोरोक्को, बेल्जियम र क्रोएसिया छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell