PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पराजित गुरु घिमिरेले चौधरीलाई दिए बधाई



पहिलोपोस्ट

पराजित गुरु घिमिरेले चौधरीलाई दिए बधाई

विराटनगरः नेपाली काङ्ग्रेसका युवा नेता गुरुराज घिमिरे मोरङको क्षेत्र नम्बर ४ को १ बाट एमालेका जयप्रकाश चौधरीसित पराजित भए। पराजित घिमिरेले विजयी चौधरीलाई खादा, माला लगाइदिए र बधाई ज्ञापन गरे। 

घिमिरेले देशले नयाँ पुस्ता र युवाको नेतृत्व खोजिरहेको उल्लेख गर्दै नवनिर्वाचित प्रदेश सदस्य चौधरी युवक भएकाले  प्रदेशको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्ने धारणा प्रकट गरे।

‘म पनि यस प्रदेशमा प्रत्याशी थिएँ तर जनताको अनुमोदन हुन सकिन’, घिमिरेले भने, ‘हामी जनतालाई जनार्दन मान्छौँ। त्यसैले जनताको निर्णय शिरोपर गर्छौँ। म आफ्नो पराजयलाई स्वीकार गर्दै चौधरीजीलाई बधाई दिन्छु।’

निर्वाचित प्रदेश सांसद् चौधरीले नेता गुरुलाई आफ्नो अभिभावक मानेर प्रदेशको समृद्धिका लागि काम गर्ने प्रतिबद्धता प्रकट गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell