PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

पर्सा २ मा कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित



पहिलोपोस्ट

पर्सा २ मा कांग्रेसका अजयकुमार चौरसिया निर्वाचित

वीरगंजः पर्सा क्षेत्र नम्बर २ मा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसले जित निकालेको छ। सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका अजयकुमार चौरसिया फराकिलो मतान्तरले विजयी भएका हुन्।

चौरसियाले २८ हजार ४५१ मत ल्याएका छन् भने उनका निकटम प्रतिद्वन्दी जनता समाजवादी पार्टी र नेकपा (एमाले) गठबन्धनका सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत प्राप्त गरेका छन्। कुर्मीलाई ६ हजार ६ मतको मतान्तरले पराजित गर्दै चौरसिया विजयी भएका हुन्।

राप्रपाका नरेशकुमार साहले २ हजार ७४१ मत प्राप्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेलले ९७१ मत ल्याएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell