
फिफा विश्वकप २०२२ अन्तर्गत आज सम्पन्न समूह 'ई' को खेलमा जापानले जर्मनीलाई हराएको छ। खालिफा इन्टरनेशनल स्टेडियममा सम्पन्न खेलमा एसियाली राष्ट्र जापानले विश्वकप फुटबलमा सफल टोली मध्येको जर्मनीलाई २-१ गोलअन्तरले हराएको हो।
खेलको ३३ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै इल्के गुण्डोगनले जर्मनीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा १-० गोलले पछि परेको जापानले दोस्रो हाफमा पुनरागमन गर्न सफल भयो। जापानका लागि ७५ औं मिनेटमा रित्सु डोआनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। त्यस्तै ८३ औं मिनेटमा टाकुमा असानोले गोल थप्दा जापानले जर्मनीमाथि २-१ गोलको सानदार जित निकालेको हो।
जारी विश्वकपमा एसियाली टोलीले 'हेवि वेट' माथि निकालेको दोस्रो जित हो। यसअघि मंगलवार साउदी अरेबियाले पनि १-० ले पछि परेको अवस्थालाई उल्टाउँदै अर्जेन्टिनामाथि १-२ गोलको जित निकाल्न सफल भएको थियो।
समूह 'ई' मा जापान र जर्मनीसहित कोस्टारिका र स्पेन छन्।जर्मनी चार पटकको विश्वकप विजेता हो।