PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी



पहिलोपोस्ट

नवलपरासी २ (१) मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी

बुटवलः नवलपरासी पश्चिमको निर्वाचन क्षेत्र नम्बर २ ‘१’ मा स्वतन्त्र उम्मेदवार खड्क बस्नेत विजयी भएका छन्। बस्नेतले १२ हजार ४४९ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेदवार आशीष प्रधानले  १२ हजार ३७८ मत ल्याएका छन्।

तेस्रोमा एमालेका थान प्रसाद गैरेको ८ हजार ८८४ मत छ । माओवादी केन्द्रबाट टिकट नपाएपछि बस्नेतले स्वतन्त्रबाट उम्मेदवारी दिएका थिए। गठबन्धनका उम्मेदवार चिनक कुर्मी छैठौं स्थानमा छन्। कुर्मीको २ हजार २९ मत पाएका छन्।

कुल ३७ हजार ९५२ मत खसेको प्रदेश सभामा ७ राजनीतिक दल र ४ स्वतन्त्र गरी ११ उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell