PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

समानुपातिकमा कांग्रेस-एमालेले कटाए तीन लाख मतः स्वतन्त्र पार्टीलाई पछ्याउँदै माओवादी, प्रदेशमा कसको कति?



पहिलोपोस्ट

समानुपातिकमा कांग्रेस-एमालेले कटाए तीन लाख मतः स्वतन्त्र पार्टीलाई पछ्याउँदै माओवादी, प्रदेशमा कसको कति?

काठमाडौंः प्रतिनिधि सभाको समानुपातिक मततर्फ नेपाली कांग्रेस र नेकपा (एमाले) ले तीन लाख मत कटाएका छन्। बुधबार राति १० बजेसम्म दुबै दलले तीन लाख मत कटाएका हुन्। तस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी करिब दुई लाख मत नजिक छ।

प्रतिनिधि सभातर्फ पहिलो स्थानमा रहेका एमालेले तीन लाख ३१ हजार १०६ मत पाएको छ। यस्तै, कांग्रेसको तीन लाख ५ हजार २०१ मत छ।

तेस्रोमा रहेको स्वतन्त्र पार्टीको एक लाख ६८ हजार ४७५ मत रहेको छ। चौथोमा रहेको माओवादी केन्द्रले एक लाख ४९ हजार ३३७ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ८७ हजार १६३ मतसहित पाँचौँ स्थानमा छ। जनता समाजवादी पार्टीले ३१ हजार ४६९, नेपाल मजदुर किसान पार्टीको २९ हजार ७६१ तथा जनमत पार्टीको २३ हजार १८९ मत रहेको छ।

नवौँ नम्बरमा रहेको नेकपा (एकीकृत समाजवादी) को १९ हजार ४५१ मत रहेको छ।

प्रदेशतर्फ प्रदेश १ मा ८२ हजार ६८७ मतसहित एमाले पहिलो स्थानमा छ। कांग्रेसले ७४ हजार ७४५ मत पाएको छ। यस्तै, मधेश प्रदेशमा २० हजार ५८१ मतसहित कांग्रेस पहिलो स्थानमा छ। दोस्रोमा रहेको एमालेले १६ हजार ६८६ मत पाएको छ। तेस्रोमा जनमत पार्टीले १५ हजार ७२० मत पाएको छ।

यस्तै वाग्मती प्रदेशमा ४५ हजार ८६१ मतसहित एमाले पहिलो स्थानमा छ। दा्ेस्रोमा रहेको कांग्रेसले ४५ हजार ४०४ मत पाएको छ।

गण्डकीमा एमाले ७७ हजार ९०१ सहित पहिलो स्थानमा हुँदा कांग्रेसले ६२ हजार १४४ मत पाएको छ। लुम्बिनीमा एमालेले एक लाख मत कटाएको छ। एक लाख ५ हजार ५६६ एमालेले पाउँदा कांग्रेसले ८७ हजार ३७८ मत पाएको छ।

कर्णालीमा माओवादी केन्द्र १२ हजार २३० मतसहित पहिलो स्थानमा छ। दोस्रोमा एमालेको पाँच हजार ६५६ मत रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell