PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

लेखराज भट्‍टलाई पराजित गर्दै कैलाली ४ मा बलायर विजयी



पहिलोपोस्ट

लेखराज भट्‍टलाई पराजित गर्दै कैलाली ४ मा बलायर विजयी

कैलालीः कैलाली ४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। बलायर कांग्रेस सुदूरपश्चिम सभापति पनि हुन्।

नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टलाई ३ हजार ५८४ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्।

बलायरले २६ हजार १७१ मत पाउँदा भट्टले २२ हजार ५८७ मत पाए।

२०७० सालमा डोटीबाट निर्वाचित भएका बलायर मन्त्री भएर भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए। अघिल्लो निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार प्रेमबहादुर आलेसँग पराजित भएका थिए। ओले अहिले एकीकृत समाजवादीमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell