PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी



रासस

कांग्रेसका भरत कुमार शाहलाई पछि पार्दै रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

रुपन्देही : रुपन्देही-५ मा नेकपा (एमाले)का वासुदेव घिमिरे विजयी भएका छन्। उनले नेपाली कांग्रेसका भरत कुमार शाहलाई नौ हजार सात सय दुई मतको अन्तरले पराजित गरेका हुन्।

गत आइवार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मतपरिणाम अनुसार घिमिरेले ३६ हजार आठ सय २२ मत ल्याउँदा शाहले २७ हजार एक सय २० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत चुरामणि शर्माले जानकारी दिए। कांग्रेसका शाह यसअघिका तीन निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए।

एक लाख २९ हजार एक सय ३५ मतदाता रहेको यस क्षेत्रमा ८५ हजार सात सय ३६ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell