PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित



पहिलोपोस्ट

बझाङमा एमालेका ऐन महरलाई पराजित गर्दै एकीकृत समाजवादीका जोशी निर्वाचित

कैलाली : बझाङ प्रतिनिधिसभामा नेकपा (एमाले)का ऐन महरलाई पराजित गर्दै नेकपा (एकीकृत समाजवादी)का नेता भानुभक्त जोशी निर्वाचित भएका छन्। महरलाई ९ सय ९८ मतान्तरले पछि पार्दै जोशी विजयी भएका हुन्।

जोशीले २८ हजार १ सय ४३ मत ल्याउँदा महरले २७ हजार १ सय ४५ मत प्राप्त गरे। तेस्रो भएका राप्रपाका विश्व प्रकाश जेठाराले १ हजार १ सय ९९ मत पाए। ६१ हजार ५ सय ६ मत खसेकोमा त्यहाँ ३ हजार ४ सय ५९ मत बदर हुँदा ५८ हजार ४७ मत सदर भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell