PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मोरङ ५ (ख) बाट कांग्रेसका अमृत अर्याल विजयी



पहिलोपोस्ट

मोरङ ५ (ख) बाट कांग्रेसका अमृत अर्याल विजयी

विराटनगर : मोरङको क्षेत्र नम्बर ५ (ख) बाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल विजयी भएका छन्। प्रदेश १ का स्वास्थ्य मन्त्री एवं जनता समाजवादी पार्टीका उम्मेदवार जयराम यादवलाई फराकिलो मतले पराजित गर्दै नेता अर्याल विजयी भएका हुन्।

निर्वाचन कार्यालयबाट प्राप्त परिणामअनुसार विजयी अर्यालले १६ हजार १०२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी मन्त्री यादवले १० हजार ८२४ मत ल्याएका छन्।

राजनीतिक परिवारमा जन्मिएका ६३ वर्षीय अर्याल विद्यार्थी कालदेखि नै कांग्रेसको राजनीतिमा आबद्ध थिए। उनी २०४० मा नेपाल विद्यार्थी सङ्घ मोरङका सदस्य भए।

उनलाई २०४१ साल पुस १६ गते मेलमिलाप दिवसको पम्प्लेट टाँसिरहेका बेला प्रहरीले पक्राउ गरेर निर्मम यातना दिएको थियो। उनी नेपाली कांग्रेस मोरङको २ कार्यकाल सभापति भइसकेका छन्।

अर्याल २०६४ को पहिलो संविधान सभाको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ५ बाट उम्मेदवार थिए। त्यस निर्वाचनमा उनलाई तत्कालीन मधेसी जनअधिकार फोरमका उपेन्द्र यादवले पराजित गरे। दोस्रो संविधान सभा २०७० मा अर्यालले यादवसित बदला लिए। यस चुनावमा अर्यालले यादवलाई हराए।

पाँच वर्षअघि २०७४ को चुनावमा अर्याल यही क्षेत्रबाट माओवादी केन्द्रका शिवकुमार मण्डलसित पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell