
कैलाली : प्रतिनिधिसभा अन्तर्गत डोटीबाट नेकपा (एकीकृत समाजवादी)का नेता प्रेमबहादुर आले मगर विजयी भएका छन्।
नेकपा (एमाले)की गौरी कुमारी ओलीलाई ४ हजार २ सय ६ मतान्तरले पराजित गरी डोटीबाट आलेले तेस्रो पटक संसद्का ढोका खोलेका हुन्। समाजवादीका पोलिटब्यूरो सदस्य समेत रहेका पूर्व मन्त्री आलेले २७ हजार २ सय १० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी ओलीले २३ हजार ४ मत ल्याइन्।
आलेको सङ्घीय सांसदको रूपमा लगातार यो तेस्रो जित हो। यसअघि, २०७० सालको संविधान सभा निर्वाचन र २०७४ को निर्वाचनमा आले डोटी बाटै विजयी बनेका थिए।