PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित



पहिलोपोस्ट

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित
फाइल फोटो।

विराटनगर : प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई भोजपुरको प्रदेशसभा १ बाट निर्वाचित भएका छन्। मुख्यमन्त्री राई नेकपा (एमाले)का हरिबहादुर राईलाई पराजित गर्दै प्रदेशसभामा निर्वाचित भएका हुन्।

मुख्यमन्त्री राईले १६ हजार ११० मत ल्याएका छन्। निकटतम प्रतिद्वन्द्वी हरिबहादुरले १२ हजार २२३ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell