कैलाली : कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउद विजयी भएका छन्। साउदले २८ हजार १ सय मत ल्याइ विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का नरबहादुर धामीले २१ हजार ६ सय ४५ मत ल्याए।
२०७४ को निर्वाचनमा साउद धामीसँग ८ हजार ३ सय २७ मतान्तरले पराजित बन्न पुगेका थिए। अहिले उक्त हारको बदला लिँदै साउद ६ हजार ४ सय ५५ मतान्तर सहित संघीय संसद् प्रवेश गरेका हुन्।