PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

प्युठानबाट एमालेका सूर्य थापा विजयी



पहिलोपोस्ट

प्युठानबाट एमालेका सूर्य थापा विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्युठानबाट नेकपा (एमाले)का उम्मेदवार सूर्य थापा विजयी भएका छन्। उनले सत्ता गठबन्धनककी साझा उम्मेदवार राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेललाई ५ हजार २७४ को फराकिलो मतान्तरले पराजित गरेका हुन्।

थापाले ४१ हजार ११८ मत पाएर विजयी हुँदा पौडेलले ३५ हजार ८४४ मत पाइन्। थापा एमालेका पोलिटब्यूरो सदस्य तथा प्युठान इन्चार्ज हुन् भने पौडेल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष हुन्।

पौडेलले २०७४ मा कांग्रेस नेता डा गोविन्दराज पोखरेललाई पराजित गरेकी थिइन्। प्रतिनिधिसभामा यहाँ ८८ हजार ४७ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell