PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

अर्घाखाँचीमा एमालेको ‘क्लिन स्वीप’, टोपबहादुर रायमाझी विजयी



पहिलोपोस्ट

अर्घाखाँचीमा एमालेको ‘क्लिन स्वीप’, टोपबहादुर रायमाझी विजयी

बुटवल : प्रतिनिधिसभा सदस्य निर्वाचनमा अर्घाखाँचीबाट नेकपा (एमाले)का सचिव टोपबहादुर रायमाझी विजयी भएका छन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार पुष्पा भुसाल (गौतम)लाई १ हजार ७३० मतान्तरले पराजित गरेका हुन्। रायमाझी ४२ हजार ६७५ मत ल्याई विजयी हुँदा पूर्व उपसभामुखसमेत रहेकी भुसालले ४० हजार ९४५ मत पाएकी छन्।

प्रदेशसभामा आचार्य र घिमिरे विजयी

प्रदेशसभा १ मा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र २ मा रामजी प्रसाद घिमिरे विजयी भएका छन्। यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका आचार्य लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका थिए।

आचार्यले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका सागर केसीलाई ७४० मतान्तरले पराजित गरेका हुन्। आचार्यले २० हजार ५१८ मत ल्याएर विजयी हुँदा केसीले १९ हजार ७७८ मत प्राएका छन्।

यसैगरी, प्रदेश सभा २ मा ८०१ को मतान्तरले घिमिरे विजयी भएका छन्। घिमिरेले २२ हजार ७७६ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका कमल प्रसाद भुसालले २१ हजार ९७५ मत पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell