PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रुपन्देही २ ‘क’ बाट लीला गिरी विजयी



पहिलोपोस्ट

रुपन्देही २ ‘क’ बाट लीला गिरी विजयी

बुटवल : प्रदेशसभा सदस्य निर्वाचनमा रूपन्देहीको क्षेत्र नम्बर २ (क)बाट नेकपा (एमाले)का लीला गिरी विजयी भएका छन्। उनले नेपाली कांग्रेसका दीर्घबहादुर केसीलाई २ हजार ६३४ मतान्तरले पराजित गरेका हुन्।

प्रदेशका पूर्व मन्त्री समेत रहेका गिरीले १७ हजार ६३२ मत प्राप्त गरी विजयी हुँदा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका केसीले १४ हजार ९९८ मत पाएका छन्। एमालेका पोलिटब्युरो सदस्यसमेत रहेका गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका प्रमुख दावेदार हुन्। यो क्षेत्रमा ४१ हजार ७३ मत खसेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell