
हेटौंडा : मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) बाट नेकपा (माओवादी केन्द्र)का प्रेमबहादुर पुलामी विजयी भएका छन्।
बिहीवार बिहान सम्पन्न मतगणना अनुसार पुलामी १९ हजार ७ सय १९ मतसहित विजयी बनेका हुन्। उनका निकट्तम प्रतिस्पर्धी नेकपा (एमाले)का कमल विष्टले १५ हजार ४ सय ३३ मत प्राप्त गरे। तेस्रो नम्बरमा रहेका राप्रपाका सागर थापाले ७ हजार ७ सय २ मत प्राप्त गरे।