PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, पहिलो प्रयासमै संसदमा इन्ट्री



पहिलोपोस्ट

दैलेख २ मा कांग्रेसका दिक्पाल शाही, पहिलो प्रयासमै संसदमा इन्ट्री

काठमाडौं : दैलेख प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका दिक्पाल शाही विजयी भएका छन्। शाही २० हजार एक सय ५८ मतले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का लक्ष्मीप्रसाद पोख्रेलले २० हजार पाँच मत प्राप्त गरे। प्रतिनिधिसभामा निर्वाचित कांग्रेसका दिक्पाल शाही पहिलो पटक निर्वाचनमा उत्रिएका हुन्।

शाहीले नेपाली कांग्रेस पार्टीको विभिन्न पदमा र सामाजिक सङ्घ, संस्थामा रहेर काम गर्दै आएका छन्। यो प्रतिनिधिसभामा ४७ हजार एक सय ९४ मत खसेको थियो। कूल मतमध्ये २७ सय ४७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell