PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

उपत्यकामा रास्वपाको पाँचौ जित, ललितपुर ३ बाट निर्वाचित भइन् तोसिमा



पहिलोपोस्ट

उपत्यकामा रास्वपाको पाँचौ जित, ललितपुर ३ बाट निर्वाचित भइन् तोसिमा

काठमाडौं : काठमाडौं उपत्यकाबाट राष्ट्रिय स्वतन्त्र पार्टीले पाँचौ जित निकालेको छ। ललितपुर ३ बाट प्रतिनिधिसभा सदस्यमा रास्वपाकी डाक्टर तोसिमा कार्की निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार तोसिमाले ३१ हजार एक सय ६ मत पाउँदै निर्वाचित भएकी हुन्।

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै तोसिमा निर्वाचित भएकी हुन्। खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत मात्र पाइन्।

यसअघि रास्वपका काठमाडौं २ बाट सोबिता गौतम, काठमाडौं ६ बाट शिशिर खनाल, काठमाडौं ७ बाट गणेश पराजुली र काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठले जित निकालेका छन्।

घण्टी चिह्नमा चुनावमा भिडेकी तोसिमा पेसाले पाटन अस्पतालमा चिकित्सक (जनरल सर्जन) हुन्।

काठमाडौँ विश्वविद्यालयबाट जनरल सर्जरीमा मास्टर्स तोसिमा नेपाल मेडिकल काउन्सिलको निर्वाचित केन्द्रिय सदस्य हुन्। निर्वचित भएपछि बोल्न नसक्नेको आवाज बन्ने, मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिइन्। 'चुनावका लागि सार्वजनिक गरेको घोषणापत्र अनुसार म स्वास्थ्य शिक्षा स्वरोजगारको सुनिश्चितताको आधार बन्ने छु,' तोसिमाले भनिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell