PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभामा एकिकृत समाजवादी विजयी



पहिलोपोस्ट

कञ्चनपुर क्षेत्र नम्बर ३ प्रदेशसभामा एकिकृत समाजवादी विजयी

दोधारा चाँदनीः कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ प्रदेशसभा (१)मा नेकपा (एकीकृत समाजवादी) का प्रकाश रावल विजयी भएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार उनले आठ हजार सात सय १८ मत ल्याएर प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री समेत रहेका उनका निकटतम प्रतिस्पर्धी राप्रपाका धर्मराज जोशी थिए। जोशीले छ हजार आठ सय ५८ मत ल्याएका छन्। नेकपा (माओवादी केन्द्र)का टिकेन्द्रप्रसाद भट्टले चार हजार छ सय ८६ मत प्राप्त गरे। यस क्षेत्रमा सत्ता गठबन्धनका माओवादी केन्द्र र एकीकृत समाजवादीबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो ।

निर्वाचन कार्यालयका अनुसार ४६ हजार पाँच सय ८४ मतदाता रहेको यो क्षेत्रमा २७ हजार ३४ मत खसेको थियो।  जसमा एक हजार तीन सय ८४ मत बदर भएका छन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell