PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

कास्की २ : एमाले उम्मेदवार विद्या विजयी,  प्रदेशसभा काँग्रेसका उम्मेदवार विन्दु निर्वाचित



पहिलोपोस्ट

कास्की २ : एमाले उम्मेदवार विद्या विजयी,  प्रदेशसभा काँग्रेसका उम्मेदवार विन्दु निर्वाचित

पोखरा : कास्की क्षेत्र नम्बर २ नेपाल कम्युनिस्ट पार्टी एमालेकी उम्मेदवार विद्या भट्टराई निर्वाचित भएकी छन्।

१६ हजार ९९८ ल्याउँदै उनी विजयी भएकी हुन्। उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलले १२ हजार ४९५ मत ल्याएका छन्। यता गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीका श्रीनाथ बरामलले भने ९ हजार ६५९ मत पाएका छन्।

त्यस्तै कास्की २(ख) मा नेपाली काँग्रेसका विन्दुकुमार थापा विजयी भएका छन्। विन्दुले ९ हजार २७९ ल्याई विजयी हुँदा एमालेकी मिना गुरुङले ७ हजार ९६९ मत पाएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell