PahiloPost

May 12, 2024 | ३० बैशाख २०८१

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी



पहिलोपोस्ट

दाङ-२ मा एमाले महासचिव शंकर पोखरेललाई पराजित गर्दै माओवादीकी रेखा शर्मा विजयी

बुटवल : दाङ क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी नेकपा माओवादी केन्द्रकी रेखा शर्मा विजयी भएकी छिन्। उनले एमालेका महासचिव शंकर पोखरेललाई १९६ मतान्तरले पराजित गरेकी हुन्।

अन्तिम परिणाम अनुसार शर्माले २६ हजार ८७७ मत ल्याएर विजयी हुँदा पोखरेलले २६ हजार ६८१ मत पाएका छन्। औपचारिक रुपमा मत परिणाम सार्वजनिक हुन भने बाँकी छ।

पराजित पोखरेल लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत हुन्। २०७० को निर्वाचनमा दाङबाट पराजित भएका उनी २०७४ को निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट प्रदेश सांसदमा विजयी भएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell