PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित



पहिलोपोस्ट

निर्माता रोज राणा प्रदेशसभामा निर्वाचित

काठमाडौं : प्यूठानको प्रदेशसभा ‘ख’बाट निर्माता, निर्देशक तथा कलाकार सरोज थापा (रोज राणा) निर्वाचित भएका छन्। एमालेका हरिप्रसाद रिजाललाई पराजित गर्दै कांग्रेसका थापा विजयी भएका हुन्।

निर्वाचन आयोगका अनुसार थापा २२ हजार ५१९ मत ल्याउँदै प्रदेश सांसद बनेका हुन्। रिजालले भने २० हजार ८ सय ७ मत ल्याए।

थापा प्यूठान क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पनि हुन्।

थापाले ‘म छु नि तिम्रो’, ‘डन’, ‘दादागिरी’, ‘खलनायक’, ‘टक्कर दुई मुटु’को जस्ता फिल्महरु निर्माण गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell