PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

जुजु धौको सुगन लगाएर विजयी र्‍यालीमा प्रेम सुवाल, स्थानीयले गरे भव्य स्वागत

जुजु धौको सुगन लगाएर विजयी र्‍यालीमा प्रेम सुवाल, स्थानीयले गरे भव्य स्वागत

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : प्रतिनिधिसभा भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीले आफ्नो जितलाई कायम राखेको छ। यो निर्वाचन क्षेत्रबाट लगातार नेमकिपाका उम्मेदवार जितिरहेका छन्। यसपटक पनि नेमकिपाका प्रेम सुवालले ४२ हजार ७६१ मत ल्याइ निर्वाचित भए।

नारायणमान बिजुक्छेले अभिभावकिय भूमिका खेल्ने भन्दै यो क्षेत्र छाडे पछि प्रेम सुवालले यहाँबाट टिकट पाएका थिए २०७४ सालको निर्वाचनमा। सो निर्वाचनमा पनि सुवाल अत्याधिक मतले विजयी भएका थिए।

यसपटकको निर्वाचनमा सुवालले आफ्ना निकटतम प्रतिद्वन्द्वीभन्दा ३० हजार ७९३ मत बढी ल्याएर निर्वाचित भएका हुन्। नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८, राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्का र नेकपा माओवादी केन्द्रका सुनिल गोठेले ५ हजार २८३ मत पाए।

भक्तपुर क्षेत्र १ मा भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिका पर्छ। चाँगुनारायणमा नेमकिपाको उपस्थिति बलियो छैन। भक्तपुर नगरपालिकाको मतकै आधारमा नेमकिपाले यो क्षेत्रलाई आफ्नो गढ बनाउँदै आएको छ। गएको दुई स्थानीय तह निर्वाचनमा भक्तपुर नगरपालिकामा नेमकिपाले 'किल्न स्वीप' गरेको थियो। 

जितसँगै सुवालले भक्तपुर-१ का मतदाताहरुलाई धन्यवाद व्यक्त गरेका छन्। भक्तपुर नगर क्षेत्रमा उनको जितमा आज विजय र्‍याली आयोजना गरियो। सुवालसँगै र्‍यालीमा भक्तपुर १ (ख) बाट निर्वाचित सुरेन्द्रराज गोसाइ पनि सहभागी थिए।

 



ट्रेन्डिङ पोस्ट

Ncell