PahiloPost

Apr 26, 2026 | १३ बैशाख २०८३

सोलुखुम्बु प्रदेशसभा 'क' मा माओवादी केन्द्रका गोम्बु शेर्पा विजयी



पहिलोपोस्ट

सोलुखुम्बु प्रदेशसभा 'क' मा माओवादी केन्द्रका गोम्बु शेर्पा विजयी

काठमाडौं : एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुको प्रदेशसभामा 'क' मा लोकतान्त्रिक वाम गठबन्धनतर्फका नेकपा माओवादी केन्द्रका गोम्बु शेर्पा (कर्ज्याङ) निर्वाचित भएका छन्।

उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उत्तमकुमार बस्नेतलाई एक हजार छ सय ३७ मतले पछि पर्दै विजयी हासिल गरेका हुन्। अन्तिम मत परिणामअनुसार शेर्पाले १० हजार ३५ मत प्राप्त गर्दा बस्नेतले आठ हजार तीन सय ९८ मत प्राप्त गरे।

प्रदेशसभामा जम्मा २० हजार चार सय चार मत खसेको थियो। पराजित बस्नेत निवर्तमान प्रदेशसभा सदस्यसमेत हुन् दुईवटा प्रदेशसभा क्षेत्र रहेको जिल्लामा प्रदेशसभा २ मा एमालेका बुद्धिकुमार राजभण्डारी विजयी भइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell