PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

मतगणनामा 'लिड' गरिरहेकी डिनालाई एकाएक दिपकले पछि पारे, कमल थापा तेस्रो स्थानमा



पहिलोपोस्ट

मतगणनामा 'लिड' गरिरहेकी डिनालाई एकाएक दिपकले पछि पारे, कमल थापा तेस्रो स्थानमा

हेटौंडा : मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दिपकबहादुर सिंहले अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्यायले मतगणनामा 'लिड' गरिरहेकी थिइन्।

पछिल्लो मतपरिणाम अनुसार सिंहले २३ हजार ३५९ मत पाएका छन्। त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले २३ हजार ३२७ मत पाएकी छिन्।

सूर्य चिन्ह लिएर उठेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले २२ हजार ६५६ मत पाएका छन्।

सिंहले वडा नम्बर ५ मा मात्रै २ हजार १९८ मत पाएका छन्। अहिले वडा नम्बर १२ को गणना भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell