PahiloPost

Dec 6, 2022 | २० मंसिर २०७९

‘उचाई’ फिल्म हेर्दा सगरमाथाको आधार शिविर जाने अवसर



पहिलोपोस्ट

‘उचाई’ फिल्म हेर्दा सगरमाथाको आधार शिविर जाने अवसर

बलिउड फिल्म ‘उचाई’ले नेपालमा पनि सुखद व्यापार गरिरहेको छ। दोस्रो सातासम्म आइपुग्दा पनि फिल्मले दर्शकको राम्रो साथ पाइरहेको छ। यो फिल्म भोलिबाट तेस्रो सातामा प्रवेश गर्दैछ।

यसैबिच, यो फिल्मलाई नेपाल भित्राएको वितरक कम्पनीले यो साता फिल्म हेर्दा सगरमाथाको आधार शिविरसम्म आफ्नो साथीसँग घुम्न जाने नयाँ मौका दिने भएको छ। साथै फिल्म हेर्दा कलाकारहरु अमिताभ बच्चन, बोमन हिरानी र अनुपम खेरलाई भेट्न पाउने अवसर समेत वितरक कम्पनीले दिने भएको छ।

यो अफरमा सहभागी हुन फिल्म हेरेको टिकट र हलको नाम वितरक कम्पनीलाई मेल गर्नुपर्नेछ। आएका टिकटहरु मध्ये एकजनाले यो अवसर पाउनेछन्।

सुरज बड्जात्याको निर्देशित फिल्ममा अमिताभ बच्चन, बोमन इरानी, अनुपम खेर, परिणिती चोपडा, डेनी लगायतका कलाकारको अभिनय छ। आफ्नो साथीको सपना पुरा गर्न सगरमाथाको आधार शिविरसम्म यात्रा गर्ने ३ पाका पुरुषहरुको कथा भन्छ। फिल्मले नेपालको पर्यटन प्रवर्द्धन गर्न उच्च भूमिका खेलेको भन्दै पर्यटन बोर्डले यसको टिमलाई सम्मान गर्ने तयारी समेत गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell