PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

गुगल म्यापमा लाइभ ट्राफिक हेर्न सकिने फिचर नेपालमा पनि सुरु



पहिलोपोस्ट

गुगल म्यापमा लाइभ ट्राफिक हेर्न सकिने फिचर नेपालमा पनि सुरु

काठमाडौं : अबदेखि नेपालमा पनि लाइभ ट्राफिकको अवस्था गुगल म्यापमा हेर्न सकिने भएको छ। गुगलले १५ वर्षअघि सुरु गरेको लाइभ ट्राफिक सुविधा अब नेपालमा पनि देखाउन सुरु गरिएको हो।

गुगलले सन् २००७ मा पहिलोपटक सडकको रियल टाइम ट्राफिक अवस्था देखाउने फिचर थपेको थियो। कम्पनीले सो फिचर थप गरेको झन्डै १५ वर्ष भइसकेको छ। गुगलले पछिल्लो अपडेट मार्फत नेपालमा यो ट्राफिक लाइभ सुविधा विस्तार गरेको हो। यसभन्दा अघि यो सुविभा अन्य केही देशहरु मात्र संचालन भइरहेको थियो।

अबदेखि यो सुविधा सुरु भएसँगै नेपालको शहरी क्षेत्रको मात्र नभएर मुख्य राजमार्गको ट्राफिक अवस्था समेत गुगल म्यापमा हेर्न सकिन्छ। प्रयोगकर्ताले गुगल म्यापमा निश्चित गन्तव्य तय गरी नेभिगेसन सुरु गर्दा सडकको ट्राफिक अवस्थाको जानकारी देखिन्छ।

जसमा निलो रंगले जाम नभएको, पहेँलो रंगले सडक व्यस्त अर्थात सवारीहरूको संख्या धेरै भए पनि चलिरहेको र रातो रंगले ट्राफिक जाम भइरहेको बुझाउँछ।

यसले गर्दा मानिसहरु कुन रुटमा सडक व्यस्त छ ? कुन सडकमा जाम धेरै छ ? कुन रुट हुँदै यात्रा गर्दा सहज हुन्छ ? भन्ने कुरा घरमै बसेर हेर्न सक्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell