PahiloPost

Jul 31, 2026 | १५ साउन २०८३

रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल



पहिलोपोस्ट

रौतहट १ मा चलेन एमालेको जोर, निर्वाचित भए माधव नेपाल

जनकपुरधाम : रौतहटको क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निर्वाचित भएका छन्। उनी ६ हजार ६ सय मतान्तरसहित निर्वाचित भएका हुन्।

नेपालले ३३ हजार ५ सय २२ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका अजय गुप्ताले २६ हजार ९ सय २२ मत मात्र प्राप्त गरे।

रौतहटको यो क्षेत्रबाट नेपालले उम्मेदवारी दिएपछि केही समयअघिमात्र एमाले प्रवेश गरेका अजयलाई एमालेले उम्मेदवार बनाएको थियो। एमाले फोडेर अर्कै पार्टी बनाएका नेपाललाई जसरी पनि हराउने भित्री कसरत गरे पनि यस क्षेत्रमा एमालेको केही जोर नचलेको एकीकृत समाजवादीका नेताहरु दाबी गर्छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell