PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

तोसिमा निर्वाचित भएपछि ललितपुरमा घण्टी बजाउँदै मनाइयो जितको खुशी

तोसिमा निर्वाचित भएपछि ललितपुरमा घण्टी बजाउँदै मनाइयो जितको खुशी

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले ललितपुर ३ बाट जित निकालेसँगै उनले आफू मतदाताहरुको आवाज बन्ने बताएकी छिन्। निर्वाचन मतगणना परिसर बाहिर शुभचिन्तकहरुबिच जितको खुशीयाली मनाउँदै उनले आफू मौलिक हकअधिकार सुनिश्चितताको लागि लड्ने तथा शोषण, अन्याय, अत्याचार र हिंसाविरुद्ध सधैँ उभिने प्रतिक्रिया दिएकी हुन्।

प्रतिनिधिसभा सदस्यमा रास्वपाकी डाक्टर तोसिमा कार्की निर्वाचित भएकी हुन्। निर्वाचन अधिकृत धर्मराज पौडेलका अनुसार तोसिमाले ३१ हजार एक सय ६ मत पाउँदै निर्वाचित भएकी हुन्।

उपस्थित समर्थकहरुले 'घण्टी' बजाउँदै चुनावी जित मनाएका थिए।

नेकपा (एमाले)का अमृत खड्कालाई १८ हजार एक सय ६३ मतले पछि पार्दै तोसिमा निर्वाचित भएकी हुन्। खड्काले १२ हजार नौ सय ६३ मत प्राप्त गर्दा गठबन्धनबाट उम्मेदवार रहेकी नेकपा (माओवादी केन्द्र)की पम्फा भुसालले आठ हजार सात सय ६९ मत मात्र पाइन्।



ट्रेन्डिङ पोस्ट

Ncell