PahiloPost

Apr 24, 2025 | ११ बैशाख २०८२

डडेल्धुरा १ 'क' मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जोशी विजयी



पहिलोपोस्ट

डडेल्धुरा १ 'क' मा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार जोशी विजयी

कैलाली : डडेल्धुराको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ मा डा. तारा जोशी विजयी भएका छन्।

उनलाई गठबन्धनको भागबन्डामा त्यहाँ टिकेट पाएका थिएनन्। गठबन्धनले नेपाली कांग्रेसका गोविन्द बोहरालाई टिकेट दिएपछि जोशीले त्यहाँ स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।

गठबन्धनका साझा उम्मेदवार बनेका बोहरालाई ४४० मतान्तरले पराजित गर्दै जोशी स्वतन्त्रबाट विजयी भएका हुन्। उनले ११ हजार १७० मत ल्याउँदा प्रतिस्पर्धी बोहराले १० हजार ९ सय ७० मत पाए।

पराजित बोहरा सुदूरपश्चिम प्रदेश सरकारका बहालवाला सामाजिक विकास मन्त्रीसमेत हुन्। २०७४ सालको निर्वाचनमा यहाँबाट कांग्रेसका कर्णबहादुर मल्ल विजयी भएका थिए। उनी वाम गठबन्धनका तत्कालीन उम्मेदवार ताराप्रसाद जोशीलाई ३५८ मतले पछि पार्दै विजयी भएका थिए ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell